ग्लोबल आईएमई लघुवित्तको सेयर सूचीकृत, सोमबारदेखि किनबेच गर्न पाइने

  २०७८ जेठ २३ गते १४:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज(जेठ २३ गते) नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, उक्त सूचीकृत सेयर भोलि(जेठ २४ गते) सोमबारदेखि दोश्रो बजारमा कारोबार हुने छ ।

ग्लोबल आईएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई १ बराबर ०.९० को अनुपातमा प्राप्ति गरेको थियो । स्पर्सलाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुगेकाे छ ।

त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए ।

सम्बन्धित समाचार

ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.