सरकारले पिसिआर परीक्षण घटाएकाे छैन: प्रवक्त पौडेल

  २०७८ जेठ २० गते १५:४२     विकासन्युज

काठमाडाैं । गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाब नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

यो परिक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले सरकारले जानीजानी परीक्षण नघटाएकाे बताए ।

संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्रसम्म जान नसकेको कारण पिसिआर परिक्षण घटेकाे हुनसक्ने उनी बताउँछन् ।

सरकारले पिसिआर परिक्षण घटाउने नभइ बढाएकाे र साथै एन्टीजेन परिक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.