मातातिर्थ कुण्डमा स्नान गर्न बिहानै देखि घुइँचो (तस्बिरहरू)

  २०८१ वैशाख २६ गते १०:४२     विकासन्युज

काठमाडौं । बुधबार मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन परेको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरी मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्, दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रगिरिमा रहेको मातातिर्थमा मेला लाग्ने गर्छ । मातातिर्थ मन्दिरमा बिहानै देखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.