बैंकहरुले नापी कार्यालयकाे राजश्व संकलन गर्न पाउने, स्वीकृतिकाे लागि माग गर्न अनुरोध

  २०७८ जेठ ११ गते १५:२७     विकासन्युज

काठमाडौं । अब वाणिज्य बैंकहरुले नापी कार्यालयको राजश्व संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैशाख १४ गते बसेको बैठकले वाणिज्य बैंकहरुले पनि मालपोत कार्यालयको राजश्व संकलन गर्न पाउने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुले मालापोत कार्यालयहरुको पनि राजश्व संकलन गर्नको लागि राष्ट्र बैंक समक्ष निवेदन पेश गरे अनुसार अब उनीहरुले राजश्व संकलन गर्न पाउने भएका हुन् ।

अब बैंकहरुले आफु नजिक रहेको नापी कार्यालयको सिफारिस लिई सो कार्यालयको समेत राजश्व संकलनका गर्न स्वीकति माग गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले जारी गरेकाे परिपत्रमा भनिएकाे छ, ‘यस बैंकको मिति बैशाख १४ को निर्णय बमोजिम सरकारी कारोबार गर्न इजाजात प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले मालपोत कार्यालयको राजश्व संकलन गर्न यस बैंक समक्ष निवेदन पेश गर्दा उक्त कार्यालय नजिक रहेको नापी कार्यालयको सिफारिस लिई सो कार्यालयको समेत राजश्व संकलन गर्न स्वीकृति माग गर्न अनुरोध गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.