उद्योगी टाटाको घोषणाः कोरोनाले मृत्यु भएका परिवारलाई निरन्तर तलब, बच्चाको पढाई स्नातकसम्म निःशुल्क

  २०७८ जेठ ११ गते १०:२४     विकासन्युज

काठमाडौं । भारतीय टाटा समूहकाे टाटा स्टिल कम्पनीले कोरोना भाइरसको कारण मृत्यु भएका कामदार तथा कर्मचारीका परिवारलाई निरन्तर तलब दिने भएको छ । टाटा कम्पनीले विज्ञप्ति जारी गर्दै मृतक कामदारहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप निरन्तर तलब दिने जनाएको हो ।

कम्पनीका अनुसार मृतकका परिवारले कामदारको अवकास समय ६० वर्षको अवधिसम्म तलब निरन्तर प्रदान गर्ने जनाएको हो । ६० वर्षको अवधिसम्म मृतकका परिवारले निवृत्तिभरण नभएसम्म तलब, आवास र चिकित्सा सुविधाहरू पाउनेछन् ।

‘हाम्रो निर्णयले मृतकका बच्चाहरुको शिक्षा, स्वास्थ्यमा पनि ठूलो सहयोग पुग्नेछ, मृतकका बच्चाहरुले स्नातकसम्म निःशुल्क पढ्न पाउनेछन्, विज्ञप्तिमा उल्लेख छ ।’

कम्पनीले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीहरुको मृत्यु भएको प्रति दु:ख प्रकट गरेको छ । कम्पनीले  कर्मचारीको सामाजिक सुरक्षाका लागि सधैँ प्रतिवद्ध भएको पनि उल्लेख गरेको छ ।

कम्पनीले आफ्नो यो निर्णयले मृतकका परिवारलाई थोरै भएपनि टेवा पुग्ने जनाएको छ । टाटा स्टील भारतमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो हो । कम्पनीका अध्यक्ष उद्योगी रतन टाटा हुन् ।

3 comments on "उद्योगी टाटाको घोषणाः कोरोनाले मृत्यु भएका परिवारलाई निरन्तर तलब, बच्चाको पढाई स्नातकसम्म निःशुल्क"

  • AMAR SHAH says:

    Sabaiko mutu chhune nirnay
    Dhani chan ti soch rakhne bektitwa
    Dhani chan ti udartapan manav premi
    Sabaiko maya pahun unlai

  • Raju says:

    We are looking this type of business personality in Nepal too. Hats off to you Ratan tata ji

  • Bibek poudel says:

    Salute garxu Ratan sir ko yo decision lai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.