नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना, शनिबारदेखि सञ्चालनमा आउने

  २०७८ जेठ ७ गते १८:०४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो ।

आइशोलेसन भोली शनिबारदेखि सञ्चालनमा आउने निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइशोलेसनमा कोभिड १९ संक्रमित बिरामीहरुका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रस्वास एक्सरसाईज र विभिन्न मनोसामाजिक परामर्श सहित उपाचार गरीने पनि डा. केसीले बताए ।

‘आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रस्वास एक्सरसाईज, विभिन्न थेरापीहरु र बिरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामाग्रीमार्फत्बाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको लागि तयारी अवस्थामा छौँ ।’, उनले भने ।

आईशोलेसनमा ५० शैय्यामध्ये २५ शैय्यामा भने एचडियु बेड र हाईफ्लो अक्सिजनको समेत सुविधा भएको निर्देशक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.