बजारले एकैदिन तीन नयाँ कीर्तिमान रचेसँगै नेप्सेले भन्यो- कारोबार गर्दा कुनै समस्या भए यसो गर्नुस्

  २०७८ जेठ ४ गते १९:५६     विकासन्युज

काठमाडाैं । आज (जेठ ४ गते) मंगलबारकाे सेयर बजारमा तीन नयाँ कीर्तिमान कायम भएकाे छ । एकैदिन कारोबार रकम, कारोबार संख्या र नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ ।

नेप्सेका अनुसार मंगलबार एक लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यसदिन २७९३.८९ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हाे ।

यससँगै नेप्सले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजारमा उक्त कीर्तिमान कायम भएकाे जनाएकाे छ ।

‘गत २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।’, नेप्सेले भन्याे ।

दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक  विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने दाेश्राे बजार सञ्चालक नेप्से जानकारी गराएकाे छ ।

साथै, कारोबार गर्दा कुनै समस्या भए यो लिंकलाई पछ्याउन नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार

नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.