फेदाप गाउँपालिकामा अत्यावश्यक वाहेकका सेवा बन्द

  २०७८ वैशाख २९ गते १७:२५     विकासन्युज

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै जेठ २ गते सम्मको लागि अत्यावश्यक वाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।

छिमेकि पालिकाहरुमा काेराेनाकाे संक्रमण दर उच्च भएकोले आफ्नो पालिकामा पनि कोरोनाको उच्च जोखिम्मा हुन्न सक्ने भन्दै जेष्ठको २ गतेसम्म बन्द गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले जनाकारी दिए ।

पालिकाले हालसम्म १० बेडको क्वारेन्टिन स्थापना गरेको छ । पालिकामा संक्रमण भएका नागरिकहरुको पीसीआर संकन गरेर धनकुटा पठाउने पनि भट्टराईले जनाए ।

गाउँपालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । हाल सो पालिका आइसोलेसन कक्ष नभएको तर २ ओटा अक्सिजन सहितको बेड रहेको छ । आवश्यक परे आइसोलेसन कक्ष तयारी गर्ने पनि भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.