अक्सिजन लगायत अत्यावश्यकीय सामाग्रीको सहज आपूर्ति गर्न निजी क्षेत्रको आग्रह, मौज्दात रहेका सिलिण्डर बुझाउन आग्रह

  २०७८ वैशाख २३ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेका छन् । तीनै संस्थाले संयुक्त पहलमा कोभिड-१९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई उक्त अपिल गरेका हुन् ।

‘मुलुक कहिलै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासंग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेका छनअस्पतालहरु भरिदै गएका छन् भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।’

सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गरेकाे छ । यस परिस्थितिमा उपभोक्ताहरुलाई पनि आफ्नाे जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरि दिन हुन आग्रह गरेकाे हाे । यसैगरि अन्य व्यवसायीहरुसंग यदी सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन अनुरोध गरेकाे छ ।

यसैगरि अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि तीनवटै संस्थाकाे ध्यानाकर्षण भएको छ । माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मुल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गरि अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गरेकाे छ । साथै, आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक संचिति नगरिदिन आग्रह गरेकाे छ ।

यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्फपनि हाम्रो ध्यानाकर्षण गरेका छन् । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ लाग्नु नहुने संस्थाले जनाएकाे छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्दै बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्दै तीनवटै संस्थाले चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.