घलेम्दी हाईड्रोको सातौं वार्षिक साधारणसभा सम्पन्न

  २०७८ वैशाख २३ गते १७:०३     विकासन्युज

काठमाडाैं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार कम्पनीको केन्द्रिय कार्यलय बनस्थलीमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका सचिव अनिल पौडलले गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आ.व २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।

कोरोना प्रकोपका कारण भौतिक रुपमा सभामा उपस्थित हुन नसकिने भएपछि कम्पनीका संचालकहरु उत्तम प्रसाद बैंध, प्रमोद श्रेष्ठ, टंक प्रसाद बरुवाल, शरद राज श्रेष्ठ, मनिसा प्रधान र राजु कुमार शर्मा समेत भर्चुअल माध्यमबाट सहभागि भएका थिए भने कम्पनीका सेयरधनीहरुले समेत भर्चुअल माध्यमबाट नै सभामा सहभागिता जनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.