नेप्सेमा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत

  २०७८ वैशाख ८ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै यी दुई कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.