शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिए

  २०७८ वैशाख ४ गते १६:३४     विकासन्युज

काठमाडाैं । शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ७६८ जना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ५ हजार ५४५ पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख ४० हजार ४१७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २२६ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ३८ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.