रु रु जलविद्युतको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

  २०७८ वैशाख २ गते १३:५७     विकासन्युज

काठमाडौं । रु रु जलविद्युत परियोजनाले हालै निष्काशन गरेको आईपीओ भोलि अर्थात बैशाख ३ गते बाँडफाँड हुने भएको छ । उक्त आईपीओ भोलि बिहान ८ः३० बजे नागपोखरीमा रहेको एनएमबी क्यापिटलमा बाँडफाँड हुन लागेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । जसमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका थिए । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेकाे हाे । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.