उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा.शाह नियुक्त, सञ्चालकमा ६ जना निर्वाचित

  २०७८ वैशाख २ गते ११:१०     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा डा. ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. ढुङ्गानालाई सोहि दिन सम्पन्न संस्थाको साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । र, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, संस्थाको सञ्चालक पदमा ६ जनालाई निर्वाचित भएका छन् । अध्यक्षसहित संस्थापक सेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा २ जना र स्वतन्त्र सञ्चालकमा १ गरी ७ जनाको सञ्चालक समिति बनेको छ ।

संस्थापक समूहबाट खड्ग बहादुर राना, खिलराज मैनाली, तुलसीराम खनालले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट राजन तिवारी र यमकुमार खड्काले र स्वतन्त्र सञ्चालकमा भार्गव धितालले प्रतिनिधित्व गर्ने छन् ।

संस्थाको साधारण सभा रुपन्देहीको भरहवास्थित होटल पौवामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.