नर्भिक अस्पतालमा प्लाष्टिक ब्याग प्रयोग गर्न नपाइने

  २०७८ वैशाख १ गते १०:१८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ ।

अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।

देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध घोषणा गरेको छैन । वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताइन् ।

यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.