सेयर किन्छु मात्रै बेच्ने गर्या छैनः चेम्बर अध्यक्ष मल्ल

  २०७७ चैत ३१ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आफुले सेयर खरिद मात्रै गर्ने तर नबेच्ने बताएका छन् । हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गर्ने प्राथमिक सेयर (आईपीओ) भर्ने मात्र  तर सेयर बेच्ने नगरेको उनले बताएका हुन् ।

उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय छैनन् ।

‘सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’

सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् ।

‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने ।

सम्बन्धित सामग्री 

‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.