गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

  २०७७ चैत ३० गते १४:१७     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्ट नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले विष्टलाई सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ विष्टले आगामी बैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । यससँगै उनले आगामी चार वर्षसम्म संस्थाको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने छन् ।

साथै, उनले सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्ने छन् ।

त्यस्तै, चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले दिएका राजिनामा स्वीकृत गरेको छ । उनले दिएका राजिनामालाई बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.