बहराइनका राजकुमारको समूहले लियो सगरमाथा आरोहणको अनुमति

  २०७७ चैत १३ गते १५:२४     विकासन्युज

काठमाडौं । वसन्तु ऋतुको हिमाल आरोहणका लागि बहराइका राजकुमारको समूहले आरोहण अनुमति लिएका छन् । राजकुमारको समूहले आरोेहण अनुमति लिएसगैँ वसन्त ऋतुको सगरमाथा आरोहणको पहिलो अनुमति जारि भएको हो ।

पर्यटन विभागले शुक्रबार बहराइका राजकुमार सेख मोहम्मद आमाद सहित १६ जनाको समूहलाई आरोहण अनुमति दिएको हो । सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न गत चैत २ गते बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको थियो । यसअघि उक्त समूहले सगरमाथा क्षेत्रमा पर्ने लोबुचे र गोरखा जिल्लामा पर्ने मनास्लु हिमालको सफल आरोहण गरिसकेको छ ।

टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछन ।

राजकुमारको समूहले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी शुक्रबार आरोहण अनुमति लिएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए । उनका अनुसार विभागबाट आरोहण अनुमति लिएसगैँ आरोहणको सम्पूर्ण तयारी पूरा भएको छ ।

विभागबाट वसन्त यामको हिमाल आरोहणका लागि ६१ जना आरोहीले अनुमति लिएका छन् । विभागले यसअघि नैे अन्नपूर्ण, नुप्त्से र मनास्लु हिमाल आरोहणको अनुमति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.