पर्यटकको आवागमनलाई व्यवस्थित गर्न नयाँ मापदण्ड जारी

  २०७७ चैत १२ गते २१:३१     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘पर्यटकको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ । यसअघि मन्त्रालयबाट जारी भएको पुरानो मापदण्ड खारेज गर्दै मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो ।

उक्त मापदण्ड मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि जारी लागु हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार नेपाल आउनुअघि ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोट वा कोरोना विरुद्धको खोप लगाएको प्रमाण आवश्यक पर्नेछ । उक्त प्रमाणका आधारमा हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी पर्यटकले सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ । यसैगरी, पर्यटकलाई नेपाल आउन समन्वय र सहयोग गर्ने संस्था वा एजेन्सीले सम्बद्ध पर्यटकलाई पदयात्रा, पर्वतारोहण वा अन्य पर्यटकीय गतिविधिमा सरिक गराउनुअघि पालना गर्नुपर्ने मापदण्डको बारेमा पूर्ण जानकारी गराउनुपर्ने, आफ्नो समन्वयमा आएका पर्यटक नेपालमा रहुञ्जेल निजको गतिविधिको निगरानी लगायत उपचारको सम्पूर्ण जिम्मा सम्बन्धीत निकायको हुनेछ ।

मन्त्रालयले भारतीय पर्यटकको हकमा भने विशेष व्यवस्था गरिएको जनाएको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकले नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गरिने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.