बास्किन रोबिन्स: ३१ वटा विभिन्न फरक स्वादको आइसक्रिमकाे मजा एकै ठाउँमा

  २०७७ चैत ९ गते १२:५७     विकासन्युज

काठमाडाैं । नेपाली डेजर्ट बजारमा एक चिरपरिचित नाम हाे बास्किन रोबिन्स । आइसक्रीम उद्योगमा याे एउटा नवीनतम उदाहरण हो ।

हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् ।

नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई सन् इन्टरनेशनल इनकर्पोरेटेडको साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।

सन् इन्टरनेशनल इनकर्पोरेटेडका अध्यक्ष सौरभ ज्योतिले नेपाली ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन कार्यमा आफूहरु सक्रिय रहेको बताउँछन् ।

विश्वमै रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रिम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको उनले बताए ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.को नाममा ज्योति ग्रुपले एफएमसिजी उद्योगको स्थापना गरेको हो ।

वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको एसआइआइपिएलले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ ।

समग्ररुपमा भन्ने हो भने एसआइआइपिएल हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नवीकरण गर्दै आएकाे छ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहकहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.