मेरिकोद्वारा नेपालमा ‘निहार आयुर्वेदिक ठण्डा तेल’ को बिक्री सुरु

  २०७७ चैत ८ गते १७:०८     विकासन्युज

काठमाडौ । मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको एक विशेष उत्पादन ‘निहार आयुर्वेदिक ठण्डा तेल’ को अब नेपालमा बिक्री सुरु भएको छ ।

यो शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु जस्तै पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ, जसले आजको तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।

कम्पनीकाे अनुसार निहार आयुर्वेदिक ठण्डा तेल को निर्माण नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको हो ।

यो ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ ।

निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिनुकाे साथै बलियो तथा बाक्लो पनि बनाउँछ ।

३ भिन्न साईजहरु–१०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा छिटै उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.