सर्वोत्तम सिमेन्टकाे विरगंज र रौटहटमा प्राविधिकहरुसँग भेटघाट कार्यक्रम सम्पन्न

  २०७७ चैत ८ गते १३:५५     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले विरगंज र रौटहटलाई केन्द्रित गरी भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिकहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ ठेकदारहरुसँग भेटघाट कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।

उक्त भेलामा विरगंज क्षेत्रका करिब १३० ठेकेदारहरु ताथ रौटहट क्षेत्रका करिब ६५ जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ ।

यसैगरी, कम्पनीका महाप्रबन्धक सुवास पाण्डेका अनुसार हाल सर्वाेत्तमले उद्योगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन बाट बढाई ६० हजार बोरा बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.