नेपालमै पहिलो पटक १० हजार लिटरको एसएस ट्याङ्की, वार्षिक ८० हजार वटा उत्पादन हुने

  २०७७ चैत ५ गते १८:४९     विकासन्युज

काठमाडौं । पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । आज(चैत ५ गते) एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरेका हुन् ।

उद्योगले आजबाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा शुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र शुरु गरेको छ ।

नेपालमै पहिलो पटक १० हजार लिटरको एसएस ट्याङ्की यो उद्योगबाट उत्पादन हुनेछ । यो उद्योगले २५० देखि १० हजार लिटरसम्मको भर्टिकल तथा होरिजन्टल एसएस ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्याङ्की उत्पादन गर्नेछ ।

हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको जानकारी समूहका उप-महाप्रबन्धक देवेन्द्र साहुले जानकारी गराए ।

आजको कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एसएस ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.