नेपाल बैंकले ताप्लेजुङको अग्नी पिडितलाई ५ लाख सहयोग गर्ने

  २०७७ फागुन २५ गते १६:००     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले ताप्लेजुङ जिल्लाको दाेभान बजारकाे अग्नी पिडितहरुलाई ५ लाख आर्थिक सहयाेग गर्ने भएकाे छ ।

बैंकले ताप्लेजुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा फागुन १८ गते भएको भिषण आगलागीबाट प्रभावित परिवारलाई ५ लाख सहयाेग गर्ने भएकाे हाे ।

बैंकले विभिन्न आर्थिक सामाजिक, सांस्कृतिक, दैवि तथा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामूदायिक हित संरक्षण लगायत क्षेत्रमा सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।

बैंकले देशको ६९ जिल्लामा रहेका २०५ वटा शाखाहरु, ४१ वटा एक्स्टेनस्न काउन्टर तथा १४४ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ र आगामी आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पूर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.