एस्कर्टसकाे नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

  २०७७ फागुन १७ गते १६:०५     विकासन्युज

काठमाडौ । नेपालको लागि एस्कर्टसकाे मसिनहरुको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्सले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

यस नयाँ मसिन अत्याधिक कार्यक्षमता सहितको डिजाईनमा अन्यभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर यस मेसिनमा ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएइको छ ।

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी आकर्षक बनाइएको छ । यस्तै रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ ।

यसमा अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । साथसाथै यसमा अगाडी र पछाडी दुवैतिर क्याबिनको झयाल खोल्न र आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग रहेको छ ।

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको  यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए ।

नेपालमा एस्ककर्टसकाे झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् । आइएमई अटोमोटिम्सले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एस्ककर्टसकाे कन्सट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.