स्याकार ट्रेडिङ्गले लन्च गर्याे एस.जे. मोटो सुपरबाइक

  २०७७ फागुन ३ गते ११:१५     विकासन्युज

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले एस.जे. मोटो सुपरबाइक लन्च गरेकाे छ । विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा धेरै थोरै भए पनि योग्दान पुर्याउँदै आएको कम्पनीले यही माघ ३० गते उक्त बाइक लन्च गरेकाे हाे ।

कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका हुन् ।

उक्त एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको छ । मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि आन्नद लिन सक्नेछन् ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटो को रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डि सि का सामानहरु समेत खरिद गर्न सक्नेछन् ।

आफ्नो रहरलाई यथार्थमा परिणत भएको खुसीमा सौरभ ज्योति भन्छन्, “विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु । आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.