शिवम् सिमेन्ट्सले विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा

  २०७७ माघ ३० गते १७:५६     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । शिवम् सिमेन्ट्सले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनी प्रतिनिधी बताँउछन् ।


शिवम् सिमेन्ट्सले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ । क्वालिटीको मामलामा नो कम्पर्माइज भन्दै गुणस्तरिय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला-ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै आएको शिवम् सिमेन्टले हालमात्रै सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत हुन सफल भएको छ । ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो ।

“गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौं” तथा “क्वालिटीको मामलामा नो कम्पर्माइज, जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.