डिशहाेम डिलर दाईकाे याेजना माघ ३० गतेसम्म

  २०७७ माघ २६ गते १३:४३     विकासन्युज

काठमाडौं । डिशहोमले डिलर दाईको डिस्काउन्ट अफर योजना माघ ३० गतेसम्मको लागि कायम गरेकाे छ । कम्पनीले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोमले लामो समयदेखि यो अफर संचालन गरिरहेको छ । यस अफर अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा आकर्षक छुट प्राप्त गरेका छन् ।

२०७६ फागुन २ गतेदेखि संचालन भएको यस अफरमा अब माघ २९ गतेसम्म रिचार्ज गर्न ग्राहकहरुले अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् । यो योजनापछि लक्कीड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहनेछ ।

नेपा भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट वार्षिक रिचार्ज गरे बापत विक्ली ‘लक्की ड्र’ मा भाग लिने पाइने कम्पनीले जनाएकाे छ ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहाेमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.