निर्माण सामग्रीमा कालोबजारी बढ्यो, जरिवानामा परेका ५० प्रतिशत फर्म निर्माण सामग्रीकै

  २०७७ माघ ४ गते १६:५३     विकासन्युज

काठमाडौं । आइतबार बिहानै उद्योग वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बजार अनुगमनमा निस्कियाे । विभागलाई बजारमा निर्माण सामग्रीमा कालोबजारी बढेको सूचना प्राप्त भएसँगै विभागकाे प्राथमिकतामा निर्माण सामग्रीका फर्महरु परे ।

विभागका अनुसार आइतबार विभागबाट खटिएको टोलीले विभिन्न निर्माण सामग्री सप्लाएर्स अर्थात निर्माण सामग्रीकाे फर्ममा अनुगमन गर्यो ।ती फर्महरुमा अनुगमन गर्दा विभागकाे टाेलीले सूचना आए अनुसारकाे कालाेबजारी गर्नेहरु पनि भेट्याे ।

विभागको टोलीले आज विभिन्न फर्महरुमा अनुगमन गर्दा १३ फर्महरु कारवाहीको भागेदार बने भने उनीहरुबाट १ लाख १५ हजार रुपैयाँ जरिवाना उठ्यो ।

कारवाहीको दायरामा परेका ५० प्रतिशत फर्महरु निर्माण सामग्री सम्बन्धित छन् । निर्माण सामग्रीमा कालोबजारी गर्ने ती फर्महरुबाट ८० हजार रुपैयाँ जरिवाना उठेकाे विभागले बताएकाे छ ।

यस्तै पुस २९ गते कारवाहीमा परेका फर्महरुमध्ये अधिकांश निर्माण सामग्री सम्बन्धित थिए । विभागका अनुसार पछिल्लो समय निर्माण सामग्रीमा कालोबजारी गर्नेहरुको संख्या बढ्दै गएको छ ।

निर्माण सामग्रीको मूल्य एक्कासी बढेसँगै निर्माण समग्रीमा पनि कालोबजारी बढेको हो । निर्माण व्यवसायीहरुले उद्योगीहरुले कार्टेलिङ गरेर निर्माण सामग्रीको मूल्य बढाएको बताउँदै आएका छन् ।

उनीहरु निर्माण सामग्रीमा अत्याधिक मूल्यवृद्धि भएकै कारण करिब ६ हजार आयोजना प्रभावित भएको बताउँछन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले निर्माण सामग्रीमा कालोबजारी बढेको भन्ने सूचना पाएपछि विभागले पनि अनुगमनका तीव्रता दिएको बताउँछन् ।

उनका अनुसार आइतकार काठमाडाैं उपत्यकाका विभिन्न ठाउँहरुमा अनुगमन गर्दा धेरै कारवाहीकाे दायरामा निर्माणका सामग्रीहरुकाे व्यापारहरु गर्ने परेका छन् ।

विभागले आज (आइतबार) ललितपुरको पचली भैरव सप्लायर्सलाई ५ हजार, ललितपुरकै शिवम प्याकेजिङ एण्ड सप्लायर्सलाई २० हजार, इन्द्रेणी हार्डवयर एण्ड सेनेटरी वयर प्रालिलाई १५ हजार, सुमन हार्डवयरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफाहरु प्रयोग गरेर कारवाही गरेको विभागले जनाएको छ ।

One comment on "निर्माण सामग्रीमा कालोबजारी बढ्यो, जरिवानामा परेका ५० प्रतिशत फर्म निर्माण सामग्रीकै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.