एशियन लाइफ इन्स्योरेन्सको सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

  २०७७ माघ ४ गते १२:५३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त सीईओ श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी आफ्नो पदभार ग्रहण गरेका हुन् ।

एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा सिफारिस गरेको थियाे । त्यसपछि समितिले स्वीकृति दिएसँगै उनी कम्पनीको सीईओमा नियुक्त भएका हुन् ।

उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी विगत १८ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् ।

एसियन लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठकाे कार्यकाल सकिएपछि विगत असारदेखि नै उक्त पद खाली थियाे भने हाेमबहादुर श्रेष्ठ निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।

सम्बन्धित समाचार

एशियन लाईफकाे सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.