कोरोना संक्रमण विरुद्ध सावधानी अपनाउँदै विकास निमार्णका काम सुरु गरेका छौंः वीरवल राई

  २०७७ पुष १६ गते १७:०६     विकासन्युज

प्रदेश नं १ मा पर्ने भोजपुर जिल्लाको षडानन्द नगरपालिका चर्चित पर्यटकीय क्षेत्र हो । यस नगरपालिकामा बालागुरु षडानन्दले निमार्ण गरेका धार्मिक क्षेत्र र मठ, मन्दिर छन् । विक्रम सम्वत १९३२ मा षडानन्द गुरुले स्थापना गरेको स्कुल देशकै नमुना स्कुलका रुपमा लिईन्छ । यस्तै, योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको ठाउँ पनि यहाँ देख्न पाइन्छ । योगमायाले तपस्या गरेको ठाउँ र उनको शालिक पनि देख्न पाइन्छ । यस नगरपालिकामा कोभिडका कारण के–कस्ता असरहरु परे ? नगरपालिकाले कोरोना रोकथाम सम्बन्धी गरेको पहल, विकासका काम, रोजगारी सिर्जना जस्ता विषयमा के कसरी काम भइरहेको छ भन्नेलगायत विषयमा सो षडानन्द नगरपालिकाका मेयर वीरवल राईसँग विकासन्युजका लागि राजीव न्यौपानेले कुराकानी गरेका छन्ः

षडानन्दन गरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ ?

कोरोनाले नगरपालिकामा ठूलो असर पु¥याएको छ । कोरोना भाइरस सुरु भएको केही महिना नगरपालिका बन्द भएको थियो । कोरोनाको कारण केही नगरवासीको ज्यान पनि गएको छ । कोरोना संक्रमण शंका भएका व्यक्तिहरुलाई पिसिआर परीक्षण गरेर आइसोलेसनमा राख्ने गरेका छौं । कोरोना भाइरसले नगरपालिकामा हुन लागेका विकास निमार्णका कामहरुमा अबरोध गरेको छ ।

नगरपालिकामा बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा कसरी राखियो ?

कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर, हाल क्वारेन्टिनमा राखेको छैनौं । लकडाउन खुल्ला भएपछि बाहिरी जिल्लाबाट आउने मानिसलाई क्वारेन्टिनमा राख्न छाडिएको हो । तर, नगरपालिकामा प्रबेश गर्दा माक्स, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नु पर्ने नियम लागु गरिएको छ । कोरोनाको लक्षण देखियो भने नगरपालिकाले निःशुल्क पिसिआर टेस्ट गरिदिने व्यवस्था मिलाएका छौं ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न के कस्ता पहल गर्नुभएको छ ?

संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरुले कोरोनाको सम्बन्धि मापदण्ड अपनाउनु पर्ने व्यवस्था नगरपालिकाले गरेको छ । कोरोना भाइरस संक्रमण नेपालमा फैलिन लागेपछि हामीले नगरपालिकामा विभिन्न सूचना पनि प्रकाशन गरेका थियौैं । मापदण्ड अपनाएर बजार सञ्चालन गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने जस्ता मापदण्ड नगरपालिकाले तय गरेको छ । आवागमनका विषयमा पनि संक्रमित भएका व्यक्तिहरुलाई तत्कालै पिसिआर गर्न वातावरण मिलाएका छौं ।

कोरोना महामारीको बीचमा नगरपालिकाले के–कति विकास निमार्णका कामहरु अगाडी बढाएको छ ?

लकडाउनको समयमा विकास निमार्ण कामहरु भएका छैनन् । विकासमा पनि असर पारेको छ । तर, लकडाउनको समयमा विकास निमार्णका काम गर्न नपाए पनि हाल विकास निमार्णका कामहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विकास निमार्णका काम गरिरहेका छांै ।

नगरपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरु ल्याएको छ कि ?

राहत प्याकेजहरु वितरण भएको छ । गरीब परिवार र आर्थिक स्थीति कमजोर भएका परिवारलाई नगरपालिकाबाट राहत प्याकेज वितरण गरिएको छ । एक परिवारलाई १ बोरा चामल, ३ केजी नुन, २ लिटर तेल वितरण गरेका थियौं । जम्मा १ हजार १ सय ८६ घर नगरबासीलाई राहत वितरण गरिएको छ ।

कोरोना परीक्षण गर्न स्थानीयस्तरमा ल्यावहरु छैनन्, पिसिआर परीक्षणको व्यवस्था कसरी मिलाउनु भयो ?

नगरपालिकामा पिसिआर गर्ने ल्याव छैन । तर, लक्षण देखा परेका व्यक्तिहरुको स्वाव संकलन गरी परीक्षणको लागि धनकुटा लैजाने व्यवस्था मिलाएका छौं ।

नगरपालिकाले युवाका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

नगरपालिकाले रोजगारी दिनका लागि भेटेरिनरी र कृषिमा तालिम खुलाएको छ । यस तालिमको लागि नगरपालिकाले कृषिमा १ करोड रुपैंयाँ र भेटेरिनरीमा पनि १ करोड रुपैंयाँ बजेट छुट्याएको छ । नगरपालिकाले १ हजार ४ सय जना युवालाई रोजगारी दिने योजना बनाएको छ ।

नगरपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ?

हामीले विद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको लागि हामीले मौसम अनुसारका विउविजनहरु वितरण गर्दै आएका छौं । कृृषिको लागि मकैको बिउ, सुन्तलाका विरुवा आदि वितरण गर्दै आएका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

हाम्रो नगरपालिकाले स्थानीय सरकार र प्रदेशबीच समन्वय एकदमै राम्रोसँग गरिरहेको छ । हामीले प्रदेश सरकारलाई सम्वोधन गरेर योजनाका कार्यक्रमहरु अघि बढाई राखेका छौं । स्थानीय तहबाट प्रदेश सरकारसम्म र संघीय सरकारसम्म पु¥याउने दायित्व हाम्रो रहेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–कस्ता आइपर्छन् ?

स्थानीय तहमा धेरै समस्याहरु छन् । प्रदेश सरकारको योजना कार्यक्रम भए पनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले कार्यक्रमहरुमा समस्या रहेको हुन्छ । स्थानीय तहमा हुने कार्यक्रम स्थानीय सरकारले कार्यान्वयन गर्ने हो । यी कामहरु सुचारु रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, यस्ता कामहरुमा चुनौती रहेको छ । कार्यक्रम नहुनु कोरोनाको कारण हो या स्थानीय सरकारको समस्याहो, यो हामीलाई थाहा छैन ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट सोचे अनुसारको सहयोग मिलेको छैन । जनताको चाहना थियो, केन्द्रमा वहुमतको सरकार छ, प्रदेशमा पनि वहुमतको सरकार छ, अब विकास गर्ने विषयमा राम्रो किसिमका कार्यक्रमहरु ल्याउला भन्ने चाहना थियो । जनताको चाहना इच्छा अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्र सरकारले सकेको छैन ।

आफ्नो नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?

नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक, पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छैन । यो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । नगरपालिकामा बालागुरु षडानन्द गुरुले निमार्ण गर्नुभएको विभिन्न धार्मिक क्षेत्र र मठ, मन्दिर रहेका छन् । योगमायाले तपस्या गरेको ठाँउहरु रहेका छन् । योगमायाले सति प्रथाका विरुद्ध आन्दोलन गरेको इतिहास छ । यहाँ सतिघाट जस्ता सति जाने स्थानहरु छन् । साउने डाँडामा झरना छ । नगरपालिकाले धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.