नेपाल बैंकको पुस १६ गते बुक क्लोज

  २०७७ पुष ८ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।

बैंकको ६१औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । सभा सो दिन बिहान ११ बजे काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो ।

सभाले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, पुस १४ गतेसम्म कम्पनीको सेयर किनेका तथा सेयर होल्ड गरेका सेयरधनीहरुले सो मात्राको लाभांश पाउने छन् । र, उनीहरु बैंकको साधारणसभामा भाग लिन पनि पाउने छन् ।

बैंकले सभामा सहभागि गराउनको लागि जुम लिंक प्रदान गर्ने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.