वार्षिक साधारणसभामा जान हिमालयन बैंकले तोक्यो बुक क्लोजकाे मिति

  २०७७ पुष ५ गते २१:३०     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिकाके बैठकले कम्पनीको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार डाकेको हो ।

उक्त सभाले सञ्चालक समितिको २० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसलाई उक्त सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारः

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने, बाेनसदर बढ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.