हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने, बाेनसदर बढ्याे

  २०७७ मंसिर १५ गते १०:५७     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बैंकले प्रस्ताव गरेकाे लाभांशदर अघिल्लो आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।

तर लाभांशदर कम भएपनि प्रस्तावित बाेनसदर भने अघिल्लो आवकाे तुलनामा ४ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस वितरण गरेकाे बैंकले गत आवकाे नाफाबाट १४ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.