नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुवेदीलाई

  २०८१ जेठ १६ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई तोकिएको छ ।

प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुवेदीलाई दिने निर्णय गरेको हो । उनी प्राधिकरणमा निर्देशक छन् । यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल रहेका थिए ।

उमेर हदका कारण कार्यकारी निर्देशकसमेत रहेका पौडेल सेवाबाट निवृत्त भएका थिए ।

त्यस्तै प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ । उनी प्राधिकरणमा उपनिर्देशक रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.