दोश्रो दिन पनि माउन्टेन इनर्जीको सेयर मूल्यमा सर्किट

  २०७७ पुष २ गते ११:४६     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको दोश्रो दिन पनि माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । पुस १ गते बुधबारदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको हो ।

पुस २ गते बिहीबार कारोबार शुरु भएको केहि समयमै कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर सर्किट लागेको हो । जुन अघिल्लो दिनकाे कारोबारको तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा कम्पनीको शुरुवाती सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँ रहेको थियो ।

अघिल्लो दिन बुधबारको बजारमा पनि कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर सर्किट लागेको थियो ।

बुधबारजस्तै बिहीबारको बजारमा पनि सेयर बेच्न इच्छुक कोही छैनन् । उता खरिद अडर दिनेको भने चाप देखिएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको ८१ हजार ८४२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ ।

सम्बन्धित समाचार

कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.