माइतीघरमा आन्दोलन गर्ने उखु किसान हाेइनन्, उनीहरूलाई ठग्ने विचौलियाहरु हुन्- मन्त्री भट्ट

  २०७७ मंसिर २९ गते १९:२३     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका हुन् ।

मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएका हुन् । विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताए । उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई सुनाए ।

‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पाे रहेछन् भने उहाँहरुबाटै थाहा पाएँ । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले आरोप लगाएको कुरा हो । त्यो भएर तपाईहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न पर्यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं’, उनले भने ।

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छलफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताए । उनले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.