आईएमई लाइफ इन्स्योरेन्सद्वारा च्याटबोट सञ्चालनमा, जीवन बीमा कम्पनीमध्ये कै पहिलाे

  २०७७ मंसिर २२ गते १८:५८     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई लाइफ ३६० योर भर्च्युअल अशिष्टेन्स् नामको च्याटबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम यो सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाबाट बीमित र अभिकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने बीमासँग चासाे राख्ने, बीमाको बारेमा बुझ्ना चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल यो सेवा कम्पनीको वेवसाइटमा उपलब्ध रहेको छ । साथै, कम्पनीले आगामी दिनमा कम्पनीको अधिकारीक मोबाइल एप्स्(आईओएस एण्ड एन्ड्रोइड) र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

च्याटबोट सेवा मार्फत बीमितिले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दावी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने जो कोहिले जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्ने कम्पनीले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.