चिलिमे हाइड्रोको लाभांश घोषणा, बोनस र नगद बराबर

  २०७७ मंसिर १६ गते १५:४०     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले उक्त आवको नाफाबाट चुक्ता पुँजी १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी अर्थात २४औं वार्षिक साधारणसभा पुस १२ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि ६ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । कम्पनीले आघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.