२०० सीसीसम्मका चर्चित मोटरसाइकलहरू, जसको मूल्य नेपाली बजारमा ३ लाख भन्दा कम छ

  २०७७ कार्तिक २० गते १५:३३     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु ।

आज हामीले नेपाली बजारमा तीन लाख रुपैयाँ मूल्यसम्म पर्ने १५० देखि २०० सीसी सम्मका केहि चर्चित मोटरसाइकलहरुको वारेमा चर्चा गर्न गइरहेका छौं ।

बजाज पल्सर १५० टीडी

पल्सर १५० मा १४९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.८ बीएचपीको पावर र १३.४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले पल्सर १५० टीडीको मूल्य २ लाख ७१ हजार ९०० तोकेको छ ।

बजाज पल्सर एनएस १६० एबीएस

एनएस १६० एबीएसमा १६०.३ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल च्यानल एबीएस पनि समावेस गरेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यस बाइकलाई २ लाख ९० हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ ।

हिरो एक्स्ट्रीम २००आर

एक्स्ट्रीम २००आरमा १९९.६ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १८.१ बीएचपीको पावर र १७.१ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । हिरोले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल-च्यानल एबीएस पनि समावेस गरेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले यस बाइकलाई २ लाख ९५ हजार ५०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

होण्डा सीबी युनिकर्न १६०

सिबि युनिकर्न १६० मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १३.८२ बीएचपीको पावर र १३.९२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।

होण्डा एक्सब्लेड

एक्सब्लेडमा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.९३ बीएचपीको पावर र १३.९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई २ लाख ९८ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।

सुजुकी जिक्सर

जिक्सरमा १५४.९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १४.८ पीएसको पावर र १४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस बाइकलाई २ लाख ८३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ ।

टिभिएस अपाचे आरटिआर १६० ४भि

आरटीआर १६० ४भि मा १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले यस बाइकलाई २ लाख ९० हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

यामाहा एफजि भी२

एफजी भी२ मा १४९ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.१ बीएचपीको पावर र १२.८ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले यस बाइकलाई २ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.