कोरोना लागेर होम आइसोलेसनमा बसेको सिफारिस लिन रु. ६२० शुल्क

  २०७७ कार्तिक १९ गते १७:०२     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई संघीय सरकारसँगै स्थानी तहहरुले पनि पीडा थप्न थालेका छन् ।

कोभिड १९ संक्रमणको पीसीआर परीक्षण तथा उपचारबाट संघीय सरकारले हात झिकिसकेको छ । केही प्रदेशले आफ्नै स्रोत साधनमा निःशुल्क परीक्षण र उपचार गराउने घोषणा गरेका भएपनि संघीय सरकारको नीतिसँग बाझिने भएपछि उनीहरु पनि पछि हटेका छन् । निःशुल्क पीसीआर परीक्षण र उपचार गराउने घोषणा गरेका प्रदेश सरकारले पनि गरिब र विपन्नको मात्रै निःशुल्क परीक्षण र उपचार हुने बताउँन थालेका छन् ।

संघीय सरकारले कोरोना संक्रमण पुष्टी भएपनि वेहोर हुने अवस्थामा बाहेकको अवस्थामा अस्पताल नजानु भनेर सर्वसाधारणलाई भनिसकेको छ । कोभिड संक्रमण पुष्टी भएका व्यक्तिहरुलाई पनि होम आइसोलेसनमा बस्न सरकारको अनुरोध छ ।

यस्तै, कोभिड संक्रमण पुष्टी भए पनि सरकारले तोकेका लक्षित समुह बाहेकको निःशुल्क पीसीआर परीक्षण र उपचार नगर्ने संघीय सरकारको घोषणा छ । सरकारले कोभिड संक्रमण पुष्टी भएका तर स्वास्थ्य अवस्था असाध्यै जटिल भएका बाहेकलाई घरमै होम आइसोलेसनमा बस्न भनेको छ ।

तर, होम आइसोलेसनमा बसेका व्यक्तिहरुले कोरोना बीमा दाबी लगायतको प्रयोजनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । होम आइसोलेसनमा बसेको सिफारिस प्रदान गर्नको लागि वडा कार्यालयहरुले मनपरी शुल्क असुल गर्न थालेका प्रमाण प्राप्त भएको छ ।

विकासन्युजलाई प्राप्त प्रमाण अनुसार विराटनगर महानगरपालिकाको वडा नम्बर ५ ले होमआइसोलेसनमा बसेको सिफारिस दिन प्रतिसिफारिस ६ सय २० रुपैयाँ शुल्क लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.