शुक्रबार उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ असोज ३० गते ११:४१     विकासन्युज

काठमाडाैं । शुक्रबार सुनकाे मूल्य उकाले लागेकाे छ । लगातार अाेरालाे लागेकाे सुनकाे मूल्य शुक्रबार ४ सयले बढेकाे हाे । बिहिबार र बुधबार सुनकाे मूल्य प्रतितोला ९४ हजार पाँचसयमा काराेबार भएकाे थियाे ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार चारसय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन बिहिबार र बुधबार बजारमा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनकाे मूल्य बढे पनि चाँदीकाे मूल्य भने बढेकाे छैन । शुक्रबार चाँदी प्रतितोला १२ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.