सिरहाका ४५ उद्योगको दर्ता खारेज

  २०७७ असोज २९ गते ९:५७     विकासन्युज

लहान। घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.