नाडेप लघुवित्तको असोज १४ गते बुक क्लाज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

  २०७७ असोज ५ गते ११:१४     विकासन्युज


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आगामी असोज १४ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

लघुवित्तको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा असोज २८ गते बस्दै छ । सभा साे दिन बिहान ११ बजे काठमाडौंको नार्गाजुनस्थित राानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बस्ने भएको छ ।

उक्त सभाले हाल रहेकाे सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने विशेष प्रस्तावलाइ पारित गर्ने छ । त्यस्तै, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।

संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावलाई साधारण सभाले पारित गरेसँगै असोज १३ गतेसम्म कायम सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचारः

नाडेप लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.