नाडेप लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

  २०७७ आषाढ़ १४ गते ११:११       विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

साथै, सञ्चालक समितिले कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ ।