मेगा बैंकको १८ लाख कित्ता सेयर असोज ११ गतेदेखि लिलामीमा, मूल्य १०० मा बढाबढ

  २०७७ असोज ४ गते १२:४५     विकासन्युज

काठमाडौं । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो ।

कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर संस्थापक तथा साधारण समूहको गरीे सो मात्राको अवितरित हिकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो । जसमध्ये ११ लाख ३३ हजार ३ सय ४४ कित्ता सेयर संस्थापक समूह तर्फको र ७ लाख ७ हजार ३ सय ९४ कित्ता सेयर सर्वसाधारण समूह तर्फको रहेको छ ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्रि नभएको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो ।

यससँगै बैंकको सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले आगामी असोज ११ गतेदेखि असोज १८ गतेभित्र आवेदन दिन सक्नेछन् । न्युनतम मूल्य एक सय रुपैयाँ तोकिएको बैंकको सेयर इच्छुक तथा योग्य व्यक्ति तथा संघ संस्थाले सो वा सो भन्दा बढी मूल्यमा अंकित गरी बोलकबोल गर्न सक्नेछन् । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा उनीहरुले न्युनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन पाउने छन् ।

उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

यसैगरी, अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.