भायानेटको इन्टरनेट सेवा अब इनरुवामा पनि

  २०७७ भदौ ३० गते १३:५७     विकासन्युज

काठमाडौं । व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले इनरुवामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । कम्पनीले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै उक्त कदम चालेको हो ।

इनरुवामा सेवाहरु उपलब्ध गराउन लागि कम्पनीले दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ । कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.