सीडीएससीको नवनियुक्त सीईओ आचार्यले गरे पदबहाली, यस्ता छन् प्राथमिकताका कामहरू

  २०७७ भदौ ९ गते २१:३१     विकासन्युज


काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् ।

गत सोमबार(भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । करिब ११ महिनादेखि रिक्त रहेकाे सीडीएससीकाे सीईओ पदमा आचार्य खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनले अब आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नाे कार्यभार सम्हाल्ने छन् ।

यससँगै, विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे याेजना रहेकाे छ । जसअन्तर्गत सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने काम उनकाे प्राथमिकतामा रहेकाे छ ।

सम्बन्धित समाचारः

सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता 

पूर्व बैंकर आचार्य सिडिएससीको सीईओमा नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.