पार्टी भित्रको विवाद समाधान गर्न नेकपाले कार्यदल गठन गर्यो, समाधान होला त ?

  २०७७ साउन ३० गते १३:२९     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकाे  विवाद समाधानका लागि सुझाव पेश गर्न एक कार्यदल गठन गरिएकाे छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हाे ।

कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो ।

केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.