एनएलजी इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो, बीमा शुल्क ५९ करोडमा सीमित

  २०७७ साउन २९ गते १३:५५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा २० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा नाफा बढेको यस कम्पनीको खुद बीमा शुल्क भने घटेको छ । अघिल्लो वर्ष ८१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा जम्मा ५९ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ छ भने बीमा कोषमा ८९ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

एक लाख ६९ हजार वटा बीमालेख जारी गरेको कम्पनीले ५ हजार ४ सय ६५ वटा दावी मार्फत ८९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको देखिन्छ । त्यस्तै, २ हजार ८ सय ६२ वटा बाट ६५ करोड ५७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.